birat ribon

विश्वका अर्बपतिहरूमध्ये सबैभन्दा बढी चीनकाे बेइजिङमा

Neuro
विश्वका अर्बपतिहरूमध्ये सबैभन्दा बढी चीनकाे बेइजिङमा

एजेन्सी / विश्वमा भएका अर्बपतिहरूमध्ये सबैभन्दा बढी चीनकाे राजधानी बेइजिङका रहेकाे एक अनुसन्धानले देखाएकाे छ ।

फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जना बेइजिङका बासिन्दा छन्। तीमध्ये ३३ जना  याे वर्ष थपिएका हुन् ।

cura insider

फोर्ब्सका अनुसार अमेरिकाको न्युयोर्क सहरमा अर्बपतिको संख्या ९९ मात्रै छ । विगत सात वर्षदेखि न्युयाेर्क अर्बपतिहरुको सूचिमा शीर्ष स्थानमा थियो ।

कोरोना भाइरसको महामारीमाथि चीनले तीव्र गतिमा कायम गरेको नियन्त्रण, प्रविधि क्षेत्रमा चिनियाँ कम्पनीको बढ्दो वर्चश्व र सेयर बजारले चिनियाँ धनाढ्यहरुलाई अर्बपतिको सूचिमा थप्ने क्रम तीव्र भएको हो ।

अर्बपतिहरूकाे संख्या चीनमा बढी भए‍ पनि न्युयोर्कका अर्बपतिहरूसँग बेइजिङका सबै अर्बपतिको भन्दा ८० अर्ब डलर बढी सम्पत्ति रहेकाे फाेर्ब्सले जनाएकाे छ।

अहिले चीनभरि ६ सय ९८ जना अर्बपति छन् भने अमेरिका ७ सय २४ जनाको सम्पत्ति १ अर्ब डलरभन्दा बढी छ।

बेइजिङका सबैभन्दा धनी व्यक्ति झ्याङ्ग यिमिङ्ग हुन् । उनी टिकटकका संस्थापक हुन् । बाइटडान्सका प्रमुख कार्यकारी यिमिङ्गको कुल सम्पत्ति ३५.६ बिलियन अमेरिकी डलर छ । न्यूयोर्कका धनी व्यक्ति पूर्व मेयर माइकल ब्लुमबर्गको कुल सम्पत्ति ५९ बिलियन अमेरिकी डलर छ ।

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोस विश्वको धनी व्यक्तिका रुपमा यो वर्ष पनि कायम छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: