birat ribon

अरुण गाँउपालिका–७ मा खेलकुद प्रतियोगिता

Neuro
अरुण गाँउपालिका–७ मा खेलकुद प्रतियोगिता

भोजपुर / अरुण गाउँपालिका–७ मा विभिन्न खेलकुद कार्यक्रमको उद्घाटन भएको छ । नयाँ वर्षको उपलक्ष्यमा खेलकुद विकास समिति अरुण गाउँपालिका–७ को आयोजनामा सुरु भएका विभिन्न खेलकुद प्रतियोगिताको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन भएको हो ।

बुधबार फुटबल खेल सञ्चालन भएको छ । चार दिनसम्म चल्ने कार्यक्रममा पुरुष कप फुटबल, महिला कप फुटबल, भलिबल, चेस, म्याराथुन दौडलगायतका अन्य प्रतियोगिता सञ्चालन हुने आयोजकले बताएको छ ।

cura insider

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अरुण गाउँपालिका उपाध्यक्ष विनिता ढकालले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले पहल गर्ने विश्वास दिलाइन् । ७ नम्बर वडाका अध्यक्ष डिल्लीराम अधिकारीले आफ्नो कार्यकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै समाजसेवी कुमार थापाले खेलकुदको विकासका लागि सबै लागिपर्नु पर्ने र सम्पुर्ण खेलहरूको जगेर्ना गर्न आवश्यकता रहेको बताए ।

लोहभरे डाँडाको खेलमैदानमा बुधबारबाट सुरु भएको विभिन्न प्रतियोगिता चैत २९ गतेसम्म सञ्चालन हुने कार्यक्रम सञ्चालक तिलक थापाले बताए । खेलकुद विकास समितिका अध्यक्ष ललितकुमार राईको सभापतित्वमा कार्यक्रममा सञ्चालन भएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: