birat ribon

इन्टरलाई ११ अङ्कको अग्रता

Neuro
इन्टरलाई ११ अङ्कको अग्रता

विराटनगर / इटालियन सिरी ‘ए’मा लिग लिडर इन्टर मिलानले सासुओलोमाथि २–१ गोलको जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टरले सासुओलोलाई आफ्नै मैदानमा हराएको हो ।

इन्टरलाई जिताउन रोमेलु लुकाकु र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे । सासुओलोका हामेद जुनियर ट्राओरेले एक गोल फर्काए ।

cura insider
Image

खेलको दसौँ मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।

Image

८५औँ मिनेटमा ट्राओरेले एक गोल फर्काए ।

जितसँगै इन्टरले लगातार दस खेलमा जित निकालेको छ । यस्तै दोस्रो स्थानको एसी मिलानभन्दा ११ अङ्कको अग्रता बनाएको छ । उसले २९ खेलमा ७१ अङ्क जोडेको छ । मिलानसँग ६० अङ्क छ ।

सासुओलो भने ४० अङ्कका साथ नवौँ स्थानमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: