birat ribon

चेल्सीले पोर्टोलाई उसैको मैदानमा हरायो

Neuro
चेल्सीले पोर्टोलाई उसैको मैदानमा हरायो

विराटनगर / युइएफए च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब पोर्टोमाथि जित निकालेको छ । बुधबार राति क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा चेल्सीले पोर्टोमाथि २–० गोलको जित निकालेको हो ।

पोर्टोको मैदान रामोन सान्चेज पिजुआनमा चेल्सीलाई जिताउन मासन माउन्ट र बेन चिलवेलले समान एक–एक गोल गरे ।

cura insider
Image

खेलको ३२औँ मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता बनाएको थियो । यस्तै ८५औँ मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई २–० गोलले जिताए ।

जितसँगै चेल्सीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगको खेल १३ अप्रिलमा पुनः पोर्टोको मैदान रामोन सान्चेज पिजुआनमा हुनेछ । तथापि, यो खेल चेल्सीको होम म्याच ठहरिनेछ ।

Image

jackson ribon

प्रतिक्रिया दिनुहोस्: