birat ribon

रोनाल्डो र डेबालाको गोलमा युभेन्टसले नापोलीलाई हरायो

Neuro
रोनाल्डो र डेबालाको गोलमा युभेन्टसले नापोलीलाई हरायो

विराटनगर / इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले नापोलीमाथि जित दर्ता गराएको छ । बुधबार राति भएको खेलमा युभेन्टसले आफ्नो मैदानमा नापोलीलाई २–१ गोलले हराएको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डेबालाले समान एक–एक गोल गरे । नापोलीका लोरेन्जो इन्सिग्नेले एक गोल फर्काए ।

cura insider

खेलको १३औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । ७३औँ मिनेटमा डेबालाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

९०औँ मिनेटमा नापोलीले पेनाल्टीको मौका पाएको थियो, जसमा इन्सिग्नेले गोल गोल गरे ।

जितसँगै युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । उसले २९ खेलमा ५९ अङ्क जोडेको छ । पराजित नापोली भने ५६ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: