birat ribon

एम्बाप्पे चम्किँदा बायर्नमाथि पिएसजीको जित

Neuro
एम्बाप्पे चम्किँदा बायर्नमाथि पिएसजीको जित

विराटनगर / युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता बायर्न म्युनिखमाथि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । बुधबार राति क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा पिएसजीले बायर्नलाई ३–२ गोलले हराएको हो ।

जर्मन क्लब बायर्नको मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले दुई गोल गर्दा मार्किन्होसले एक गोल गरे । बायर्नका इरिक म्याक्सिम चौपो–मोटिङ र थोमस मुलरले समान एक–एक गोल गरे ।

cura insider

खेलको तेस्रो मिनेटमा नै एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २८औँ मिनेटमा मार्किन्होसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए ।

३७औँ मिनेटमा चौपो–मोटिङले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ६०औँ मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई बराबरीमा फर्काए । तर, ६८औँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे ।

बायर्न आफ्ना मुख्य स्ट्राइकर रोबर्टो लेवान्डोस्कीविना मैदान उत्रिएको थियो । चोटका कारण उनी यस खेलमा थिएनन् । यस्तै कोरोना सङ्क्रमण भएपछि सर्जी ग्नाब्रीसमेत टिममा थिएननन् ।

यससँगै पिएसजीले बायर्नमाथि जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यस्तै पिएसजीले बायर्नसँग बदलासमेत लिएको छ । गत सिजनको फाइनलमा बानर्यसँग १–० गोलले पराजित भएपछि पिएसजी च्याम्पियन्स लिगको उपाधि जित्नबाट बन्चित भएको थियो ।

त्यस्तै पिएसजीले बायर्नको च्याम्पियन्स लिगमा अपराजित यात्रा तोडेको छ । बायर्नले च्याम्पियन्स लिगको पछिल्ला १९ खेलमा हार ब्यहोरेको थिएन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: