birat ribon

अरुण गाँउपालिका–७ मा विभिन्न खेलकुद प्रतियोगिता सुरु

Neuro
अरुण गाँउपालिका–७ मा विभिन्न खेलकुद प्रतियोगिता सुरु

भोजपुर / जिल्लाको अरुण गाउँपालिका–७ मा विभिन्न खेलकुद कार्यक्रमको उद्घाटन भएको छ । नयाँ वर्षको उपलक्ष्यमा खेलकुद विकास समिति अरुण गाउँपालिका–७ को आयोजनामा सुरु भएका विभिन्न खेलकुद प्रतियोगिताको बुधबार एक कार्यक्रमबीच उद्घाटन भएको हो ।

बुधबार फुटबल खेल सञ्चालन भएको छ । चार दिनसम्म चल्ने कार्यक्रममा पुरुष कप फुटबल, महिला कप फुटबल, भलिबल, चेस, म्याराथुन दौडलगायतका अन्य प्रतियोगिता सञ्चालन हुने आयोजकले बताएको छ ।

cura insider

खेलकुद विकास समितिका अध्यक्ष ललितकुमार राईको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा अरुण गाउँपालिकाका उपाध्यक्ष विनिता ढकाल प्रमुख अतिथि र वडा नं.–७ का वडाअध्यक्ष डिल्लीराम अधिकारी विशेष अतिथि रहेका थिए ।

लोहभरे डाँडाको खेलमैदानमा बुधबारबाट सुरु भएको विभिन्न प्रतियोगिता चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: