birat ribon

एपिएफमाथि जित निकाल्दै न्यु डायमन्ड फाइनलमा

Neuro
एपिएफमाथि जित निकाल्दै न्यु डायमन्ड फाइनलमा

काठमाडौँ / डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ आबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न महिलातर्फको खेलमा न्यु डायमन्डले चिरपरिचि प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो ।

cura insider

पहिलो संस्सकरणको एनभिएकपको उपाधि जितेको न्यु डायमन्ड दोस्रो पटक एनभिएको फाइनलमा प्रवेश गरेको हो । पराजित एपिएफ पहिलो पटक एनभिए राष्ट्रि महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा पुग्नुअघि नै बाहिरिएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा न्यु डायमन्डले एपिएफमाथि २५–२१, २६–२१, २५–१४ र २५–२१ को जित निकाल्दै आर्मीमाथि रोमाञ्चक जित निकालेको नेपाल पुलिससँगको भेट पक्का गरेको हो । पुलिसले त्रिभुवन आर्मी क्लबलाई २६–२४, २५–१७ र २८–२६ को सेटमा हराएको थियो ।

फाइनल प्रवेश गरेका टोलीद्वय पुलिस र न्यु डायमन्डले लिग चरणको खेलमा प्रतिस्पर्धा गर्दा पुलिसले डायमन्डलाई नतिजा सुम्पिएको थियो ।
पहिलो संस्करणको न्यु डायमन्ड कपमा पराजित गर्दै उपाधि जितेको न्यु डायमन्डले आज भएको खेलमा एपिएफलाई पराजित गरेको हो । फाइनल खेल बिहीबार हुनेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: