birat ribon

बजेटको आकार घट्न सक्छ : अर्थमन्त्री पौडेल

Neuro
बजेटको आकार घट्न सक्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिने अवस्था नरहेको बताएका छन् । बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताए ।

कोभिडका कारण खुम्चिएको राजश्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधिभित्रै रहेर बजेटको स्रोत निर्माण गर्नुपर्ने बाध्यता रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।
अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितका विद्यार्थी नेताहरूले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तीमा २० प्रतिशत बजेट छुट्याउन र शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यावसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा आग्रह गरे ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: