birat ribon

स्वारेज घाइते : एथ्लेटिकोलाई लिग फुत्किने डर

Neuro
स्वारेज घाइते : एथ्लेटिकोलाई लिग फुत्किने डर

विराटनगर / स्पेनिस ला लिगाको उपाधि दाबेदार एथ्लेटिको मड्रिडलाई एकपछि अर्को समस्या परिरहेको छ । एक समय उपाधि होडमा फराकिलो बनाएको एथ्लेटिको साविक विजेता रियल मड्रिड र बार्सिलोना केही अङ्कले मात्र अगाडि छ ।

अब ‘एल क्लासिको’पछि ऊ दोस्रो स्थानमा चिप्लिनसक्ने सम्भावना उत्तिकै छ । शनिबार बार्सिलोना र रियलले प्रतिष्ठाको लडाइँ मानिने एल क्लासिको खेल्दैछन् । रियल मड्रिडको प्रशिक्षण मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा हुने खेलमा दुवै टोली ला लिगाको उपाधि होडमा अब्बलता प्रस्तुत गर्ने दाउमा हुनेछन् ।

cura insider

यस खेलमा बार्सिलोनाले जित निकालेमा वा बराबरीमा रोकिएको खण्डमा पनि शीर्ष स्थान कब्जा गर्नेछ । हाल ऊ ६५ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग ६६ अङ्क छ ।

यता, रियललाई भने शीर्ष स्थानमा उक्लिन बार्सिलोनाविरुद्ध फराकिलो जित आवश्यक छ । उसले बार्सिलोनालाई जितेमा पनि एथ्लेटिकोसँग अङ्क बराबरी गर्नेछ । गोलान्तरको आधारमा ऊ पछाडि नै रहनेछ । अहिले रियल ६३ अङ्कसहित तेस्रो स्थानमा छ ।

यसैबीच एथ्लेटिकोमाथि अर्को समस्या पनि खप्टिएको छ । एथ्लेटिको मुख्य स्ट्राइकर लुइस स्वारेज घाइते भएका छन् । प्रशिक्षणका क्रममा उरुग्वेका स्टार स्वारेजले चोट बोकेको क्लबले जनाएको छ ।

स्वारेजले रियल बेटिससँगको खेल प्रतिबन्धका कारण गुमाउनेछन् । त्यसपछि थप परीक्षणले उनले थप कति खेलहरू गुमाउनेछन् भन्ने कुरा निर्क्यौल हुनेछ । स्वारेज बार्सिलोनाबाट एथ्लेटिको आएयता चोटमुक्त थिए ।

बरु उनले कोरोना सङ्क्रमित भएका कारण सिजनका सुरुआती खेल गुमाएका थिए । डिएगो सिमोन अब उपाधि होडमा पुनः अब्बल देखिनका लागि स्वारेज फिट हुने प्रतीक्षामा हुनेछन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: