birat ribon

अध्ययन भन्छ : ब्लड ग्रुपको टाइप र कोभिडको जोखिमबीच कुनै सम्बन्ध छैन

Neuro
अध्ययन भन्छ : ब्लड ग्रुपको टाइप र कोभिडको जोखिमबीच कुनै सम्बन्ध छैन

विराटनगर / ब्लड ग्रुपको टाइप र कोरोना भाइरसको सङ्क्रमण हुने वा सङ्क्रमण गम्भीर हुनेबीच कुनै सम्बन्ध नरहेको अध्ययनले देखाएको छ । जामा नेटवर्क ओपन मा प्रकाशित अध्ययनअनुसार, टाइप ए, टाइप बि, ओ वा एबी ब्लड ग्रुपले छिट्टै सङ्क्रमण हुने वा सङ्क्रमण भए अवस्था गम्भीर हुने कुरामा केही फरक पार्दैन ।

पहिले गरिएका केही अनुसन्धानले ‘ओ’ ब्लड ग्रुप भएका मानिसमा सङ्क्रमण हुने वा गम्भीर बिरामी पर्ने सम्भावना पनि कम हुने तथा ‘ए’ ब्लड ग्रुप भएका मानिसमा सङ्क्रमण बढी संवेदनशील हुने र गम्भीर बिरामी पर्ने सम्भावना पनि धेरै हुने देखाएको थियो ।

cura insider

तर, नयाँ अनुसन्धानले ब्लड ग्रुपको टाइप र कोरोना भाइरसको सङ्क्रमण र जोखिमबीच कुनै सम्भावित सम्बन्ध नभएको निष्कर्ष निकालेको हो । युटाको मुर्रेमा रहेको इन्टर्माउन्ट मेडिकल सेन्टर हार्ट इन्स्टिच्यूटका डा. जेफ्री एन्डरसनको नेतृत्वमा अनुसन्धानकर्ताहरूको समूहले २४ अस्पताल र दुई सय १५ वटा क्लिनिकहरूमा आएका हजारौँ बिरामीहरूको तथ्याङ्कलाई हेरेका थिए ।

अध्ययनमा संलग्न व्यक्तिहरूमध्ये ११ हजार पाँच सय जनामा सङ्क्रमण भएको पाइएको थियो । अन्वेषकहरूले कुनै पनि ब्लड ग्रुपको टाइपका मानिसमा रोगको बढी संवेदनशीलता वा गम्भीरतासँग सम्बन्ध फेला पारेनन् । ब्लड ग्रुपको टाइप र कोरोना भाइरसको सङ्क्रमण हुने, वा सङ्क्रमण गम्भीर हुनेबीच कुनै सम्बन्ध नभएको देखिएको हो ।

वृद्ध मानिस तथा पहिलादेखि मोटोपना, मधुमेह, क्यान्सरलगायतका दीर्घकालीन समस्या भएका मानिस कोरोना भाइरसको सङ्क्रमणको जोखिममा पर्ने हुँदा यस्ता व्यक्तिले सावधानीका सबै उपाय अपनाउनु पर्छ । साथै, स्वस्थ व्यक्तिले आफू सङ्क्रमित नहुने सोचेर लापरवाही गर्नु हुँदैन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: