birat ribon

रात्रिकालीन व्यवसाय राति नौ बजे नै बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Neuro
रात्रिकालीन व्यवसाय राति नौ बजे नै बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण दरका उच्च रहेको क्षेत्रमा आवागमनमा कडाइ गर्न तथा रोकथामका अन्य उपायहरू कडाइका साथ लागू गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

बुधबार सूचना जारी गरी ठूला सहरहरूमा पाँच सय जनाभन्दा बढी र साना सहरहरूमा एक सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएमा ती स्थानको आवागमनमा कडाइ गर्न आग्रह गरेको हो ।

cura insider

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी सूचनामा राति ९ बजेपछि सबै रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू कडाइका साथ बन्द गराउन पनि अनुरोध गरिएको छ ।

यसैगरी मन्त्रालयले सहरी क्षेत्रमा कोरोना भाइरसको नयाँ प्रजाति बेलायती भेरियन्टको सङ्क्रमणसमेत बढ्न थालेको हुनाले विद्यालय, सार्वजनिक यातायात, सपिङ मल तथा मानिसको भिडभाड हुने अन्य स्थानहरूमा उच्च सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले विदेशबाट आएका व्यक्तिहरूलाई तोकिएको मापदण्डअनुसार घरमा क्वारेन्टाइन बसे–नबसेको निगरानी गरी क्वारेन्टाइन तथा आइसोलेसनको मापदण्डलाई कडाइका साथ लागू गराउन स्थानीय तह एवं स्थानीय प्रशासनलाई अनुरोध गरेको छ ।

सार्वजनिक स्थानमा मास्कको प्रयोगलगायत कोरोना रोकथाम तथा नियन्त्रणका मापदण्डहरू पालना नगर्ने व्यक्तिलाई सङ्क्रमक रोक नियन्त्रण ऐनबमोजिम कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ ।

May be an image of text
May be an image of text

jackson ribon