birat ribon

जोशीको निधनले पार्टीलाई मात्र होइन देशलाई नै क्षति पुगेको छ : पौडेल

Neuro
जोशीको निधनले पार्टीलाई मात्र होइन देशलाई नै क्षति पुगेको छ : पौडेल

काठमाडौँ / नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवीन्द्रराज जोशीको निधनले नेपाली काङ्ग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले बुधबार स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका दिन राष्ट्रिय सभागृहमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै वरिष्ठ नेता पौडेलले कर्म र विचारको संयोग भएका उदयीमान नेताको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति भएको बताएका हुन् ।

‘नवीन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ, एउटा अत्यन्त लोकप्रिय नेता गुमाएको छ । जोशी विचारवान्, कार्मशील, इमान्दार मात्र होइन योग्य र एक होनहार नेता हुनुहुन्थ्यो,’ पौडेलले भने, ‘त्यस्ता नेता आज नेपाली काङ्ग्रेसले गुमाएको छ । यो घडीमा हामी सम्पूर्ण काङ्ग्रेसजन नेपालका लोकतन्त्रवादी र नवीन्द्रजीका सबै शुभचिन्तक, परिवारजनदेखि समस्त नेपालका सचेत नागरिकलाई अत्यन्त ठूलो क्षति भएको छ ।’

cura insider

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्री आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरी लड्दै आएको पनि वरिष्ठ नेता पौडेलले स्मरण गरे । अनुचित किसिमका सम्झौता जतिसुकै दबाब परे पनि स्वीकार नगरी देश र जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतीक नवीन्द्रराज जोशी रहेको वरिष्ठ नेता पौडेलले भनाइ थियो ।

jackson ribon