birat ribon

बुधबार थपिए तीन सय ३९ कोरोना सङ्क्रमित

Neuro
बुधबार थपिए तीन सय ३९ कोरोना सङ्क्रमित

विराटनगर / नेपालमा बुधबार थप तीन सय ३९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज चार हजार एक सय परीक्षण गर्दा तीन सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार आठ सय नौ पुगेको छ ।

cura insider

यस्तै आज ७४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय २९ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय एक रहेको मन्त्रालयले जनाएको छ ।

jackson ribon