birat ribon

यी रेफ्रीले खेलाउँदैछन् ‘एल क्लासिको’

Neuro
यी रेफ्रीले खेलाउँदैछन् ‘एल क्लासिको’

विराटनगर / माटेउ लाहोज शनिबार हुने रियल मड्रिड र बार्सिलोनाबीचको ‘एल क्लासिको’को मुख्य रेफ्री छनोट भएका छन् । ला लिगाले आफ्नो चर्चित खेल ‘एल क्लासिको’का लागि लाहोजलाई छनोट गरेको हो ।

तथापि, रेफ्रीहरूको प्राविधिक समिति (सिटीए)ले आधिकारिक निर्णय भने बिहीबार घोषणा गर्नेछ । तर स्पेनिस मिडिया मार्काले लाहोज नै एल क्लासिकोको मुख्य रेफ्री बन्ने दाबी गरेको छ ।

cura insider

लाहोजले एल क्लासिको खेलाउनुअघि च्याम्पियन्स लिगअन्तर्गत आज राति हुने बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेल खेलाउनेछन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा आज बायर्न र पिएसजी प्रतिस्पर्धामा छन् ।

शनिबार बार्सिलोना र रियलले प्रतिष्ठाको लडाइँ मानिने एल क्लासिको खेल्दैछन् । रियल मड्रिडको प्रशिक्षण मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा हुने खेलमा दुवै टोली ला लिगाको उपाधि होडमा अब्बलता प्रस्तुत गर्ने दाउमा हुनेछन् ।

यस खेलमा बार्सिलोनाले जित निकालेमा वा बराबरीमा रोकिएको खण्डमा पनि शीर्ष स्थान कब्जा गर्नेछ । हाल ऊ ६५ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग ६६ अङ्क छ ।

यता, रियललाई भने शीर्ष स्थानमा उक्लिन बार्सिलोनाविरुद्ध फराकिलो जित आवश्यक छ । उसले बार्सिलोनालाई जितेमा पनि एथ्लेटिकोसँग अङ्क बराबरी गर्नेछ । गोलान्तरको आधारमा ऊ पछाडि नै रहनेछ । अहिले रियल ६३ अङ्कसहित तेस्रो स्थानमा छ ।

jackson ribon