birat ribon

शरीरका अनावश्यक रौँ कम गर्न एलएचआर

Neuro
शरीरका अनावश्यक रौँ कम गर्न एलएचआर

विराटनगर / शरीरमा अनावश्यक कपालको वृद्धिलाई कम गर्नका लागी लेजर हेयर रिमुभल (एलएचआर) सबैभन्दा उत्तम विधि हो ।

एलएचआर एक चिकित्सा प्रक्रिया हो, जसमा लेजरको प्रयोग गरेर शरीरका अनावश्यक रौँ हटाइन्छ । १५ वर्ष वा सोभन्दा माथि उमेरकाले तथा आँखा वरपरका क्षेत्रबाहेक शरीरका जुनसुकै भागमा पनि अनावश्यक रौँ हटाउन एलएचआर विधि प्रयोग गर्न सक्छन् । विराटनगरस्तिथ क्युटिज केयर क्लिनिककी छाला तथा कपाल विशेषज्ञ डा. बन्धना झाका अनुसार महिलाहरूमा मात्र नभई यो पुरुषहरूमा पनि उत्तिकै लोकप्रिय छ ।

cura insider

दाह्री बनाउन, अन्डरआर्म्स, छाती, पेट, पछाडि र हातलगायतका क्षेत्रका लागि पुरुषहरूले एलएचआर रोजेका छन् । एलएचआर गर्दा लेजरले कपालमा हुने पिगमेन्ट मेलानिनले सोसेर लिन्छ । तापमा परिवर्तन हुने प्रकाशले कपालको जरामा क्षति पु¥याई लामो अवधिसम्मका लागि कपालको विकासलाई ढिलो पार्छ ।

प्लकिङ, थ्रेडिङ्ग ब्याक्सिङ, इपिलेसन, इलेक्ट्रोलाइसिसलगायतका अन्य कपाल हटाउने परम्परागत विधिहरूको तुलनामा एलएचआरले मात्र दीर्घकालीन परिणाम प्रदान गर्नुका साथै यसले मासिक पार्लर वा सैलुन जानबाट स्वतन्त्रता प्रदान गर्छ । शरीरमा अनावश्यक कपाल हटाउनबाहेक महिलामा पुरुषजस्तै कपालको वृद्धि हँुदा र मेडिकल उपचार प्रयोजनका लागि उपचारात्मक उद्देश्यले कपाल हटाउन एलएचआर विधिको प्रयोग गर्न सकिन्छ ।

एलएचआर विधिले तत्काल परिणाम भने देखाउने हुँदैन । अपेक्षित परिणामका लागि एलएचआरका मल्टिपल सेसन्स (४ देखि ६ वा सोभन्दा बढी पटक) आवश्यक हुन्छ । र, त्यसपछि पनि प्रत्येक ६ देखि १२ महिनासम्म यसलाई मेन्टेन गर्न आवश्यक हुन्छ । तर, गर्भवती भएका वा हुने कोसिस गरिरहेका, स्तनपान गराइरहेका, सोरायसिस, एसएलई वा भिटिलिगो भएका, छालामा भएको सङ्क्रमणको उपचार गरिरहेका, सूर्यको प्रकाशमा संवेदनशील हुने औषधिको प्रयोग गरिरहेका तथा चोटपटक लागेर उपचार गराएको क्षेत्रमा एलएचआर विधि प्रयोग गर्नु हुँदैन ।

jackson ribon