birat ribon

सङ्क्रमणबाट निको भएका तीनमध्ये एक जनालाई मानसिक समस्या

Neuro
सङ्क्रमणबाट निको भएका तीनमध्ये एक जनालाई मानसिक समस्या

विराटनगर ÷ कोरोना भाइरसबाट सङ्क्रमित भएर निको भएका तीन जनामध्ये एक जनालाई मानसिक र मस्तिष्कसम्बन्धी समस्या देखिएको पाइएको छ ।

ल्यान्सेन्ट साइकीआट्री जर्नलमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएर निको भएको ६ महिनाभित्र मस्तिष्कसम्बन्धी तथा मानसिक समस्या देखिएको हो । दुई लाख ३६ हजारभन्दा बढी मानिसहरू सहभागी भएको अनुसन्धानमा सङ्क्रमणबाट निको भएकाहरूमध्ये ३४ प्रतिशत मानिसमा ६ महिनाभित्र मस्तिष्कसम्बन्धी तथा मानसिक समस्या देखिएको छ ।

cura insider

त्यसमध्ये सबैभन्दा धेरैलाई एन्जाइटी र डिप्रेसन भएको पाइएको छ । कोरोनाबाट निको भएका १७ प्रतिशतलाई एन्जाइटी भएको देखिएको छ भने १४ प्रतिशतलाई मुड (मनोदशा) बदलिरहने समस्या भएको अध्ययनमा उल्लेख छ । त्यस्तै, सङ्क्रमणका कारण आइसियुमा भर्ना भएर निको भएका सात प्रतिशतमा स्ट्रोक र दुई प्रतिशतमा डिमेन्सिया भएको बताइएको छ ।

भाइरस मनोवैज्ञानिक अवस्थासँग कसरी सम्बन्धित छ भन्ने कुरा स्पष्ट नभएको अनुसन्धानकर्ताहरूको भनाइ छ । मस्तिष्कसम्बन्धी रोग र मानसिक समस्या सोही समयमा अन्य फ्लु र स्वासप्रस्वाससम्बन्धी रोग लागेकाभन्दा कोरोनाको सङ्क्रमण भएकामा धेरै देखिएको अनुसन्धानको निष्कर्ष छ । योभन्दा अघिल्लो अनुसन्धानले कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका २० प्रतिशतलाई तीन महिनामा नै मनोवैज्ञानिक डिसअर्डर भएको पत्ता लागेको थियो ।

jackson ribon