birat ribon

बायर्नसँग बदला लिने दाउमा पिएसजी (हेड टु हेडसहित)

Neuro
बायर्नसँग बदला लिने दाउमा पिएसजी (हेड टु हेडसहित)

विराटनगर / युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज साविक विजेता बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्दैछ । क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछ ।

उक्त खेल जर्मन क्लब बायर्नको मैदानमा हुनेछ । जसमा घरेलु मैदानमा बायर्न जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । तथानि, पिएसजीविरुद्ध बायर्न दबाबमा देखिएको छ ।

cura insider

बायर्नका मुख्य स्ट्राइकर रोबर्टो लेवान्डोस्की चोटका कारण यस खेलमा हुनेछैनन् । यस्तै कोरोना सङ्क्रमण भएपछि सर्जी ग्नाब्रीसमेत टिममा छैनन् ।

यता, पीएसजीले भने यस खेलमा नेयमार, केलियन एमबाप्पे र एन्जल डी मारियालाई मुख्य हतियारका रूपमा मैदान उतार्नसक्ने सम्भावना छ ।

पिएसजी यस खेलमा बायर्नसँग बदला लिने दाउमा हुनेछ । गत सिजनको फाइनलमा बानर्यसँग १–० गोलले पराजित भएपछि पिएसजी च्याम्पियन्स लिगको उपाधि जित्नबाट बन्चित भएको थियो ।

हेड टु हेडमा भने बायर्नभन्दा पिएसजी नै बलियो देखिएको छ । बायर्न र पिएसजीबीचको यो दसौँ भेट हुनेछ । यसअघि भएका नौ भेटमध्ये पिएसजीले पाँच पटक जितेको छ ।

रियल मड्रिडपछि पिएसजीसँग नै बानर्य धेरैपटक पराजित भएको छ । बायर्नले रियलसँग दस खेलमा हार ब्यहोरेको छ भने पिएसजीसँग पाँच पटक हारेको छ ।

यस्तै बायर्नले आफ्नो घरमा भएको पछिल्ला तीन पिएसजीविरुद्धको खेल जितेको छ । गत १९९४ मा भएको होमम्याचमा पिएसजीसँग १–० गोलले पराजित भएको थियो । त्यसयता उसले होम म्याचमा जित निकाल्दै आएको छ ।

बायर्नले च्याम्पियन्स लिगको पछिल्ला १९ खेलमा हार ब्यहोरेको छैन ।

jackson ribon