birat ribon

सास फेर्न गाह्रो हुनुका कारण

Neuro
सास फेर्न गाह्रो हुनुका कारण

विराटनगर / छिटो–छिटो सास फेर्नु वा सास फेर्न गाह्रो हुनुजस्ता स्वासप्रस्वासमा हुने असामान्य अनुभवलाई डिस्पनिया भनिन्छ ।

सास फेर्नका लागि पर्याप्त वायु ग्रहण गर्न नसकेमा, उकुसमुकुस भएमा वा खुलेर सास फेर्न नसक्ने अवस्थालाई पनि डिस्पनिया भएको भनेर बुझ्न सकिन्छ । विज्ञहरूका अनुसार सास फेर्न गाह्रो हुने समस्या धेरैजसो कारण मुटु र फोक्सोको असामान्य अवस्थालाई मानिन्छ । कहिलेकाहीँ तीव्र व्यायाम गरेको बेला वा धेरै उचाइ, पातलो हावा भएको ठाउँमा जाँदा पनि अस्थायीरूपमा डिस्पनिया भएको हुनसक्छ ।

cura insider

यो एक देखि दुई मिनेटका लागि रहन सक्छ वा डिस्पनिया दीर्घकालीन समस्यासमेत हुनसक्छ । सास लिने सामान्य शरीरको कार्यद्वारा शरीरलाई चाहिने अक्सिजन प्राप्त नभएमा डिस्पनिया हुन्छ । हृदयाघात, कम रक्तचाप, निमोनिया, पल्मोनरी एम्बोलिजम (फोक्सोमा रगत जमेमा), कार्बन मोनोअक्साइडको विषाक्तता भएमा, तनाव वा एन्जाइटीको कारण डिस्पनिया हुनसक्ने पल्मोनोरोलोजिस्टहरूको भनाइ छ ।

मुटुका कुनै पनि समस्या भएमा, मोटोपना, क्षयरोग, दम, सास मार्ग बन्द हुने फोक्सोको दीर्घ रोग, फोक्सोमा समस्या, गम्भीर एलर्जीका प्रतिक्रियाका कारण पनि डिस्पनिया हुनसक्छ । डिस्पनियाको उपचार समस्यामा निर्भर गर्ने हँुदा के कारणले भएको हो पत्ता लगाउन जरुरी हुन्छ ।

jackson ribon