birat ribon

निजामती प्रशासन झिँगे सोचबाट मुक्त हुन सकेन : उपप्रधानमन्त्री पाेखरेल

Neuro
निजामती प्रशासन झिँगे सोचबाट मुक्त हुन सकेन : उपप्रधानमन्त्री पाेखरेल

काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिँगे सोचबाट मुक्त हुन नसकेको बताएका छन् ।

सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा बुधबार आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा ‘झिँगे टँसाइ सोच’ प्रमुख समस्या रहेको भनेका हुन् ।

cura insider

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि पोखरेलको भनाइ थियो । त्यसैले निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको उनले बताए ।

उनले भने, ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव । निजामती प्रशासन अझैसम्म, माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु, झिँगे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिए तापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरूसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

कर्मचारीतन्त्रले जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलको आरोप थियो । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायतका प्रवृतिका कारण कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ थियो ।

‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरू छन् जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जिर्ण बनाउँदै लगेका छन भनेर भन्न सकिन्छ,’ उनको आरोप थियो, ‘ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐँजेरुहरू कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।’

jackson ribon