birat ribon

स्यानिटरी प्याड प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

Neuro
स्यानिटरी प्याड प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

विराटनगर / महिनावारीको समयमा महिलाहरूले कपडा, स्यानिटरी प्याड, ट्याम्पुन्स, मेन्सटुअल कपलगायतका अन्य साधन प्रयोग गर्ने गर्छन् ।

महिनावारीको समयमा प्रयोग गर्न सजिलो हुने कारण महिलाहरूको पहिलो रोजाइ स्यानिटरी प्याड नै हुनेगर्छ । विज्ञहरूका अनुसार, स्यानिटरी प्याडहरू सुरक्षित छन् । तर, हरेक महिना प्रयोग गर्नुपर्ने यस्ता प्याडले चिलाउने, पोल्ने, नराम्रो गन्ध आउने, सङ्क्रमण हुनेलगायतका गुनासो पनि सुन्नमा आइरहेका हुन्छन् । साथै, प्याडको प्रयोगबाट क्यान्सरको घटना रिपोर्ट गरिएको छ ।

cura insider

डाइअक्सिन र अन्य सुपर–शोषक पोलिमरजस्ता अवशोषक एजेन्ट राखी बनाइएका प्याडको प्रयोगबाट क्यान्सर हुनसक्छ । स्यानिटरी प्याडको सोस्ने क्षमतालाई वृद्धि गर्नका लागि प्याडलाई ब्लिच गरिएको हुन्छ । उक्त ब्लिचमा डाइअक्सिनको प्रयोग गरिएको हुन्छ । डाइअक्सिन एक क्यार्सिनोजेन हो अर्थात् यसले शरीरमा क्यान्सर निम्त्याउने कोषहरूको गठनलाई बढावा दिनेगर्छ ।

डाइअक्सिन तत्व शरीरमा जम्मा हुन सक्ने हँुदा यसले प्रजनन अङ्गलाई असर गर्छ । त्यसैले यसले पाठेघर र गर्भाशयको क्यान्सर निम्त्याउन सक्ने बताइएको छ । डाइअक्सिनले प्रजनन हर्मोनको उत्पादनमा असर गर्ने तथा शरीरको प्रतिरोध क्षमतालाई पनि घटाउँने हुदा यसले महिलाहरूमा सङ्क्रमणको जोखिम पनि बढाउँछ । त्यसैले, महिलाहरूले प्रयोग गरिरहको डाइअक्सिन नामक तत्व छ वा छैन भनेर हेर्न जरुरी हुन्छ ।

सुगन्ध नभएको जैविक प्याड छनोट गर्नु नै उचित मानिन्छ । महिनावारी हुँदा देखा पर्ने रगतमा किटाणुले सङ्क्रमण गराउन सजिलो हुने खालको हुन्छ । त्यसैले, महिनावारीको समयमा अत्यधिक रक्तश्राव नभए पनि स्यानिटरी प्याडलाई प्रत्येक तीनदेखि चार घण्टामा परिवर्तन गरिरहनुपर्ने, सधैँ सफा र सुक्खा भित्री वस्त्र लगाउने र सरसफाइमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव रहने गरेको छ ।

jackson ribon