birat ribon

गण्डकी प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा, माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिएन

Neuro
गण्डकी प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा, माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिएन

पाेखरा / गण्डकी प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुई मन्त्रीले राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीहरू आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। 

cura insider

आज बिहान बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियाे ।

मन्त्रीहरूलाई फिर्ता बाेलाए पनि संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता भने नलिने भएकाे छ ।

jackson ribon