birat ribon

काङ्ग्रेस कहिल्यै सङ्कटमा छैन : सभापति देउवा

Neuro
काङ्ग्रेस कहिल्यै सङ्कटमा छैन : सभापति देउवा

काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले काङ्ग्रेसले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएका नेता गुमाएको बताएका छन् ।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औँ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताए ।

cura insider

फरक प्रसङ्गमा पार्टी सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे । नेताहरूले पार्टी सङ्कटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिले पनि सङ्कटमा नरहेको ठोकुवा गरे । उनले पार्टीका नेता कार्यकर्तालाई आफैँले आफैँलाई कमजोर नबनाउन पनि आग्रह गरे ।

‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली काङ्ग्रेस सङ्कटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन,’ सभापति देउवाको भनाइ थियो, ‘नेपाली काङ्ग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । त्यसैले आफैँले आफैँलाई कमजोर गर्ने काम नगरौँ । हाम्रो पार्टी कहिल्यै सङ्कटमा छैन ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधनले पार्टीमा अपूरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले थाल्नुभएका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि बताए ।

jackson ribon