birat ribon

राइस कुकरमा सुन फिट गरेर ल्याउने एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ

Neuro
राइस कुकरमा सुन फिट गरेर ल्याउने एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ / दुबईबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 

मंगलबार राति फ्लाई दुबईबाट आएका धनुषाका प्रकाश महरालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो ।

cura insider

उनलाई राइस कुकरमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो । उनले ल्याएको सामानको तौल बढी देखिएपछि जाँच गरेको र राइस कुकरभित्र सुन भेटिएको प्रहरीले जानकारी दिएको छ ।

महराको साथमबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको प्रहरीले बताएकाे छ। त्यसमध्ये ८ सय ८४ ग्राम सुन उनले कुकरमा हालेर ल्याएका थिए भने ५० ग्रामको बाला लगाएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी भरिया मात्रै भएको हुन सक्ने प्रहरीले जनाएकाे छ । उनले प्रहरीलाई दिएकाे बयानअनुसार दुवईबट ५ हजार रुपैयाँ दिएर विमानस्थल बाहिर लिन आउने मानिसलाई सामान दिनु भनी पठाएकाे पाइएकाे छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

jackson ribon