birat ribon

चोरीमा संलग्न चार जना पक्राउ

Neuro
चोरीमा संलग्न  चार  जना पक्राउ

विराटनगर / मोरङ प्रहरीले चोरीको सामानसहित चार जनालाई पक्राउ गरेको छ । चैत २४ गते विराटनगर महानगरपालिका–८ स्वागत चोकबाट चोरीका सामानसहित उनीहहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ वलुवाहीका २३ वर्षीय लक्ष्मी यादव, सोही स्थानमा बस्ने २२ वर्षीय अर्जुन मुखिया र २७ वर्षीय धर्मेन्द्र राय तथा विराटनगर महानगरपालिका–८ विश्वकर्मा चोकका २२ वर्षीय दिपेशकुमार राय रहेका छन् ।

cura insider

उनीहरूले चैत २१ गते रतनकुमार कोइरीले कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडिको जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको प्रहरीले जनाएको छ । चोरीका रन्दा मेसिन १ थान, हेन्डकटर १ थान, जेक्सो मेसिन १ थान, एइडी टिभी १ थान, मोबाइल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजारसहित उनीहरूलाई पक्राउ गरिएको र हाल उनीहरूमाथि चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

jackson ribon