birat ribon

भर्चुअल माध्यमबाट गीति एल्बम विमोचन

Neuro
भर्चुअल माध्यमबाट गीति एल्बम विमोचन

विराटनगर / चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन २ को टप १० मा पुग्न सफल गायक विशाल राईको पहिलो साङ्गीतिक कोसेली गीति सङ्ग्रह ‘सेन्मी’ विमोचन गरिएको छ ।

कोभिड–१९ को बढ्दो महामारीका कारण प्रविधिको सदुपयोग गर्दै भर्चुअल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा शनिबार विमोचन गरिएको हो । प्रसिद्ध सङ्गीतकार शुभबहादुर सुनाम, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, लोकप्रिय गायक एवम् म्युजिक नेपालका बिजनेस हेड राजीव लोहनी र गायक विशाल राईले संयुक्तरूपमा गीति सङ्ग्रह ‘सेन्मी’को विमोचन गरेका थिए ।

cura insider

पाँचवटा गीत सङ्ग्रहित एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सङ्गीत तथा महाराज थापाको एरेन्ज रहेको छ । कार्यक्रममा गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा गायक राईले एल्बममा समावेश गीतहरू लाइभ गाएर दर्शकलाई मनोरञ्जन गराएका थिए । ‘सेन्मी’लाई म्युजिक नेपालले बजारमा ल्याएको हो । एल्बमका गीतहरू म्युजिक नेपालको युट्युब च्यानल र संसारभर ७० भन्दा बढी डिजिटल प्लेटफर्ममार्फत सुन्न सकिन्छ ।

jackson ribon