birat ribon

फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

Neuro
फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

काठमाडौँ / केही समयअघि हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएको थियो । एकाउन्ट ह्याक हुनु सामान्य कुरा हो तर ह्याकरले विभिन्न बहाना गर्दै कलाकारहरूको एकाउन्टमा जोडिएकाहरूसँग पैसा माग गरेको कुरा रोचक थियो ।

अहिले सामाजिक सञ्जालमा यसैसम्बन्धी अर्को रोचक कुरा बाहिरिएको छ । साइबर ब्युरो अफ नेपालले पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई कलाकारहरूको एकाउन्ट ह्याक गरेको अभियोगमा पक्राउ गरेको छ । अभिनेता खनाल र निर्देशक दीपाश्रीले दिएको उजुरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा लागेको थियो । खोजी गर्ने क्रममा प्रहरीले १४ वर्षीय बालकलाई पर्साबाट पक्राउ गरेको हो ।

cura insider

जिल्ला अदालत काठमाडौँको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ ।

jackson ribon