विराटनगर / हैजाका कारण नाइजेरियामा यस वर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ । देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण ५० जनाको मृृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ । २८ मार्चसम्मको विवरणअनुसार हैजाबाट एक हजार सात सय ४६ जना बिरामी भएकोमा उनीहरूमध्ये ५० भन्दा बढीको मृत्यु भएको पाइएको केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले भने ।
उनले हैजाको महामारी डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए । रासस