birat ribon

जर्जियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

Neuro
जर्जियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

विराटनगर / जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । उनलाई मङ्गलबार कोरोना सङ्क्रमण भएको उनी निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् ।

उनको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो । उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिएका छन् ।

cura insider

जर्जियामा मङ्गलबार मात्रै उनीसँगै अरू आठ सय ९७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार नौ सय ५८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ ।

jackson ribon