birat ribon

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

Neuro
ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

ओखलढुङ्गा / ओखलढुङ्गामा ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मानेभञ्ज्याङ–४ धुसेनीस्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा चार जना सवारमध्ये तीन जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ–४ धुसेनी बस्ने ७१ वर्षीया विनामाया आलेमगर, सोही स्थान बस्ने ५० वर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ वर्षीया बालिका डोलकुमारी आलेमगर रहेका छन् ।

cura insider

मङ्गलबार बिहान सवा ११ बजे धुसेनीतर्फ जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफैँ अनियन्त्रीत भई सडकबाट अन्दाजी सात सय मिटर तल खसेको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका डोलकुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउँसो चार बजे मृत्यु भएको थियो भने विनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे छ बजे मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ वर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

jackson ribon