birat ribon

विराटनगरका ७० वटा टेम्पो र ई–रिक्सामा अनलाइनबाटै भुक्तानी

Neuro
विराटनगरका ७० वटा टेम्पो र ई–रिक्सामा अनलाइनबाटै भुक्तानी

विराटनगर / विराटनगरका ७० वटा टेम्पो र ई–रिक्सामा अनलाइनबाटै भुक्तानी हुने भएको छ । सनराइज बैङ्कले विराटनगरमा चल्ने टेम्पो र ई–रिक्सालाई क्यूआर कोड उपलब्ध गराएसँगै अनलाइनबाट भाडा भुक्तानी गर्न मिल्ने भएको हो ।

मङ्गलबार विराटनगरको बरगाछीस्थित केशरीचन्द भवरलालको टेम्पो बिक्री केन्द्रबाट उक्त सेवाको शुभारम्भ भएको हो । सनराइज बैङ्कका प्रदेश १ का प्रमुख विवेक निरौलाले प्रथम चरणमा ७० वटा टेम्पो र ई–रिक्सामा क्यूआर वितरण गरेका हुन् ।

cura insider

टेम्पो तथा ई–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् । नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैङ्कले जनाएको छ ।

यसै सिलसिलामा बैङ्कले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगञ्ज विमानस्थलको ट्याक्सीहरूमा, त्रिनगर कृषि हाटबजार–धनगढी, दक्षिणकाली मन्दिर परिसरको बजार, काठमाडौँलगायत देशभरिका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ ।

jackson ribon