birat ribon

राजनीतिक वृतमा अगुवाहरूबीच पद र कुर्सी मोहको कोलाहाल छ : ईश्वर पोखरेल

Neuro
राजनीतिक वृतमा अगुवाहरूबीच पद र कुर्सी मोहको कोलाहाल छ : ईश्वर पोखरेल

काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोख्रेलले राजनीतिक क्षेत्रमा विकृति विसङ्गति चुलिँदै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न आव्हान गरेका छन् । मङ्गलबार काठमाडौँमा कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखा परेका राजनीतिक विसङ्गतिविरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

स्वर्गीय रिमालले आफ्ना रचनाहरूमा सधैँ राजनीतिक विकृति, विसङ्गतिलाई तिखो कटाक्ष गर्दै जबरजस्त धाबा बोल्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसङ्गतिहरू चुलिँदै गएकाले त्यसविरुद्ध उभिनुपर्ने बताएका हुन् ।

cura insider

उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन ‘सपना देख्नेहरूलाई सराप्नेहरू पनि रहेको” भन्दै व्यङ्ग्य गरे । उनले राजनीतिक दलका अगुवाहरूमा विकसित हुँदै गएको व्यक्ति केन्द्रित स्वार्थ देखेर आफूलाई लज्जाबोध हुने गरेको बताए । उनले राजनीतिक वृतमा अगुवाहरूमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे ।

‘राजनीतिक अगुवाहरूले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौँ, मैले पाइनँ, पाउनुपर्ने । नेतृत्व पक्तिमा रहेका मान्छेहरूको यही कोलाहाल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ,’ उनले भने ।

jackson ribon