birat ribon

बार्सिलोनाको ‘विवादास्पद’ जित

Neuro
बार्सिलोनाको ‘विवादास्पद’ जित

विराटनगर / स्पेनिस ला लिगामा उपाधि दाबेदार मानिएको बार्सिलोनाले आफ्नो २०औँ जित दर्ता गरायो । सोमबार राति उसले आफ्नो मैदान क्याप नोउमा भाल्लाडोलिडमाथि १–० गोलको कठिन जित दर्ता गराएको हो ।

बार्सिलोनाको जितमा एक मात्र गोल ओस्मान डेम्बेलेले गरेका थिए । खेलको ७९औँ मिनेटमा पाहुना टोली दस खेलाडीमा सीमित बनेपछि त्यसको फाइदा उठाउँदै डेम्बेले ९०औँ मिनेटमा गोल गरेका थिए ।

cura insider

यससँगै बार्सिलोनाले ला लिगामा अपराजित यात्रा १९औँ खेलसम्म लम्ब्यायो । ऊ युरोपका शीर्ष पाँच लिगमा यस वर्ष अपराजित रहने एक मात्र टोली पनि बन्न सफल भयो ।

तर, बार्सिलोनाको उक्त जितलाई कतिपयले ‘विवादास्पद’ मानेका छन् । ६२औँ मिनेटमा डी एरियामा जोर्डी अल्बाको ह्यान्ड बल भएको भन्दै धेरैले रेफ्रीले पेनाल्टी नदिएको भन्दै यो खेल विवादास्पद भएको उल्लेख गरेका हुन् ।

अल्बाको हातमा बल ठोक्किएपछि भाल्लाडोलिडका खेलाडीले पेनाल्टीको अपिल पनि गरेका थिए । ह्यान्ड बल भएको स्पष्ट देखिए पनि रेफ्रीको नजर त्यता परेको थिएन । रेफ्रीले त्यसबारे निर्णय नलिँदा पाहुना टोलीले अग्रता बनाउने मौका पाएको थिएन । यसै कारण धेरैले यस खेललाई विवादास्पदको नाम दिएका छन् ।

तर, रेफ्रीका विज्ञ जुआन अन्दुजार ओलिभरले अल्बाको हातमा बल लागे पनि रेफ्रीले पेनाल्टी नदिएर सही निर्णय गरेको बताएका छन् । ‘मेरो विचारमा पेनाल्टी नदिने रेफ्रीको निर्णय ठीक छ’, उनले रेडियो मार्कासँगको कुराकानीमा भने ।

‘बार्सिलोनाका फुल–ब्याक अल्बासँग हातले बल छुने यस्तो नियत् थिएन । यसैले रेफ्रीले पनि भाल्लाडोलिडका खेलाडीहरू भनिसकेका थिए,’ उनले भने ।

यससँगै ला लिगामा लगातार छ खेलमा जित दर्ता गराएको बार्सिलोनाले साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थान कब्जा गरेको छ । २९ खेल खेलेको उसँग ६५ अङ्क छ । समान खेल खेलेको रियल मड्रिडसँग ६३ अङ्क छ । बार्सिलोना शीर्ष स्थानको एथ्लेटिको मड्रिडभन्दा मात्र एक अङ्कले पछि परेको छ ।

MO☔ #sanitasout's tweet - "Jordi alba highlights vs real valladolid 20/21  🔥💯 better than lebron james⁉️ " - Trendsmap

jackson ribon