birat ribon

भोक्राहामा बोटबाट मकैको दाना बनाउने मेसिन उद्घाटन

Neuro
भोक्राहामा बोटबाट मकैको दाना बनाउने मेसिन उद्घाटन

सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा मकै साइलेज मेसिनको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच उक्त मेसिनको उद्घाटन भएको हो ।

मेसिनको उद्घाटन भएसँगै कृषक हर्षित भएका छन् । उक्त मेसिन सञ्चालनमा आएसँगै कृषकलाई थप हौसला मिल्ने भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चौधरीले बताइन् । उनले भनिन, ‘मकैको बोटबाट दाना बनाउने मेसिनको उद्घाटन भएको छ, यसबाट कृषकलाई केही राहत मिल्नेछ ।’ कृषकले मिहिनेतअनुसारको प्रतिफल नपाइरहेको अवस्थामा मेसिन सञ्चालनमा आएसँगै कोही पनि कृषक निराश हुनु नपर्ने उनको भनाइ छ ।

cura insider

उक्त मेसिनबाट भोक्राहा नरसिंह गाउँपालिका–२ र ७ मा मकैको बोटबाट पशु आहार उत्पादन हुने गरेको स्थानीय पुनितलाल मेहताले बताए । उक्त उत्पादन नेपालका विभिन्न ठाउँमा रहेका गाई, भैँसी, बाख्रालगायतका अन्य फर्महरूबाट माग हुनेगरेको उनको भनाइ छ । ६५ दिनदेखि माथिको मकैको बोटलाई जरादेखि काटेर उक्त मेसिनमार्फत पशु आहार निकालिने गरेको बताइएको छ ।

किसानले उत्पादन गरेको मकैको बोटप्रति केजी दुई रुपैयाँ ५६ पैसाका दरले किन्ने गरेको स्थानीय फर्म सञ्चालक सुरेन्द्र श्रेष्ठले बताए ।

jackson ribon