birat ribon

लकडाउनमा बजार जाँदा सजाय पाएपछि मृत्यु

Neuro
लकडाउनमा बजार जाँदा सजाय पाएपछि मृत्यु

विराटनगर / लकडाउनको समयमा बजार जाँदा तीन सयपटक उठबस गर्नुपर्ने सजाय पाएका एक मानिसको मृत्यु भएको छ ।

बिहीबार साँझ ६ बजेपछि फिलिपिन्सको कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप तीन सयपटक उठबस गराएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ ।

cura insider

पीडितका एक आफन्त एड्रिएन लुसेनाले पेनारेडोन्डोको मृत्यु भएको जानकारी फेसबुकबाट दिएका हुन् । पेनारेडोन्डोसहित लकडाउनको नियम उल्लङ्घघन गर्ने अन्य केही व्यक्तिलाई प्रहरीले एकैपटक सकिनेगरी एक सय पटकसम्म उठबस गर्न लगाएको लुसेनाले बताएका छन् । सबैले एकैपटक सयपटक उठबस गर्न नसके पुनः दोहो¥याउनुपर्ने आदेश दिइएको थियो ।

त्यसैले उक्त समूहका सबै जनाले तीन सयपटक उठबस गर्न बाध्य भएको बताइएको छ । पेनारेडोन्डो शुक्रबार बिहान करिब ६ बजे घर पुगेका थिए भने सँगै बस्दै आएकी प्रेमिका रेचेलिन बाल्सका अनुसार पेनारेडोन्डो शुक्रवार दिनभरि हलचल गर्न गाह्रो महसुस गरिरहेका थिए । पेनारेडोन्डोले सामान्य शारीरिक दुखाइ मात्रै रहेको बताएको कारण समस्यालाई गम्भीर रूपमा नलिएको बाल्डाले बताइन् ।

तर, त्यसको भोलिपल्ट उनी अचेत भएर लडे र केही समयमै उनको मृत्यु भयो । त्यहाँका नगरप्रमुखले त्यस्तो सजायलाई यातनाको सङ्ज्ञा दिँदै प्रहरीलाई यस विषयमा गहन अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् । केही समयअघि मात्रै ह्यूमन राइट्स वाचले फिलिपिन्समा नियम नमान्ने मानिसलाई मानिसहरूलाई कुकुरको खोरमा हालेको, घाममा बस्न बाध्य पारेकोलगायतका दुर्व्यवहार भएको जनाएको थियो ।

महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ । जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको र भौतिक दण्ड दिने नियम नभएको बताएका छन् । तर, सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनको भनाइ छ ।

jackson ribon