birat ribon

बायर्नविरुद्ध खेल्ने पिएसजीको टोली : अग्रपंक्तिमा नेयमार, एम्बाप्पे र डी मारिया

Neuro
बायर्नविरुद्ध खेल्ने पिएसजीको टोली : अग्रपंक्तिमा नेयमार, एम्बाप्पे र डी मारिया

विराटनगर / फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्ने टोली घोषणा गरेको छ । बुधबार राति पिएसजीले साविक विजेतासमेत रहेको बार्यनसँग क्वार्टरफाइनलको पहिलो लेगको खेल खेल्दैछ ।

cura insider

बायर्नको मैदानमा हुने उक्त खेलका लागि पिएसजीका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । पोचेटिनोको टोलीमा माउरो इकार्डी, लियन्द्रो पेरेडेस, मार्को भेराट्टी, लेभिन कुर्जवालगायत खेलाडी भने परेका छैनन् ।

पोचेटिनोले नेयमार, किलियन एम्बाप्पे र एन्जल डी मारियालाई अग्रपंक्तिमा उतार्ने जमर्को गरेका छन् । त्यसबाहेक पाब्लो सराबिया, एन्डर हेरेर्रा, किन मोइसे, प्रिस्नेल किम्पेम्बे, मार्किन्होस, केयलर नाभासलगायत खेलाडी टोलीमा छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: