birat ribon

के खानपानले थाइरोइडमा समस्या हुन सक्छ ?

Neuro
के खानपानले थाइरोइडमा समस्या हुन सक्छ ?
डा. अनिल यादव
मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ
विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर

विराटनगर / थाइरोइड घाँटीको पछाडि पुतलीको आकारमा रहेको ग्रन्थी हो ।

उक्त ग्रन्थीबाट थाइरोक्जिन हर्मोन उत्पादन हुन्छ । थाइरोइडले उत्पादन गर्ने हर्मोन शरीरलाई सुचारु राख्न, शरीरको मेटाबोलिजम जस्ता कार्यहरू कायम राख्न आवश्य हुन्छ । थाइराइडमा कम हर्मोन उत्पादन भएर आउने समस्यालाई हाइपोथाइराइडिजम भनिन्छ । साधारणतया हाइपोथाइराइडिजम रोगका लागि कुनै विशेष अहार हुँदैन ।

cura insider

केही खानेकुरा खाँदा वा बेवास्ता गर्दा हाइपोथाइराइडिजम भएका व्यक्तिहरूमा थाइरोइडको कार्यमा कुनै परिवर्तन हुन्छ भन्ने हालसम्म त्यस्तो ठोस कुनै प्रमाण भेटिएको छैन । अर्थात् खानपनाले थाइरोइडको कार्यमा कुनै परिवर्तन हुँदैन । तर, सामान्य थाइरोइडको कार्यका लागि पर्याप्त आयोडिन युक्त आहारको सेवन गर्नु आवश्यक हुन्छ ।

थाइरोइड रोगका अधिकांश बिरामीले बन्दागोभी, फूलकोभी र सोयाबिनका उत्पादनहरू खान सक्छन् । तर, औषधिको सेवन गरेको एक घण्टापछि मात्र । त्यस्तै, ओखर, भटमास, प्रोटिनयुक्त खाने कुरा पनि खान सकिन्छ । साथै, औषधि खाएको चार घण्टापछि क्याल्सियम, आइरन चक्की तथा आइरन चक्की भएको भिटामिन, ग्यास्ट्रिकको समस्यामा प्रयोग हुने एन्टासिड, सुक्रल्फेट खान सकिन्छ ।

थाइरोइड रोगका अधिकांश बिरामीले बन्दागोभी, फूलकोभी र सोयाबिनका उत्पादनहरू खान सक्छन् । तर, औषधिको सेवन गरेको एक घण्टापछि मात्र । त्यस्तै, ओखर, भटमास, प्रोटिनयुक्त खाने कुरा पनि खान सकिन्छ ।

हाइपोथाइराइडिजम भएको व्यक्तिले डाक्टरको परामर्शमा थाइरोक्जिन हर्मोन (लेभोथाइरोक्सिन) औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । बिहानको खाजा खानुभन्दा एक घण्टाअगाडि थाइरोक्जिन हर्मोनको लेभोथाइरोक्सिन औषधिको सेवन गर्नुपर्ने हुन्छ । लेभोथाइरोक्सिन औषधिको प्रयोग गरिरहँदा बिरामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

थाइरोक्जिन हर्मोनको औषधि (लेभोथाइरोक्सिन) सेवन गर्ने तरिका :

– बोतल खोल्नुअघि आफ्नो हात सुक्खा राख्नुपर्छ ।
– ट्याबलेटलाई सिधा स्पर्श नगरी बोतलको बिर्कोबाट लिने प्रयास गर्नुपर्छ ।
– ट्याब्लेटलाई पानीसँग सेवन गर्नुपर्छ ।

लेभोथाइरोक्सिन औषधिको भण्डारण र हेरचाह :

– लेभोथाइरोक्सिनलाई चिसो (२० देखि २५ डिग्री सेन्टिग्रेड) तथा अँध्यारो स्थानमा राख्नुपर्छ ।
– थाइरोक्सिनलाई भान्सा कोठा, बाथरूम जस्ता आर्द्रता र अत्यधिक तापक्रम भएको स्थानमा राख्नुहुँदैन ।
– बिरामीले उपचार गराएको डाक्टरको सल्लाहबिना थाइरोक्सिनको ब्रान्ड परिवर्तन गर्नुहुँदैन ।
– औषधिको रङ परिवर्तन भएमा वा म्याद सकिएमा औषधिको सेवान गर्नुहुँदैन ।

बिरामी भएको बेलामा समेत थाइरोक्सिन हर्मोनको औषधिको सेवन गर्न बिर्सनु हुँदैन । थाइरोक्जिनको साथै, अन्य औषधिहरू सुरू गर्नु परेमा वा खाइरहेको कुनै पनि औषधि परिवर्तन गर्नु परेमा जाँच गराएको विशेषज्ञलाई जानकारी गराउन जरुरी हुन्छ ।

थाइरोक्सिन औषधिको एक मात्रा खान बिर्सिएको खण्डमा सम्झिनेबित्तिकै औषधि सेवन गर्नुपर्ने हुन्छ । तर, यसरी औषधि सेवन गर्दा खाना खानुभन्दा एक वा दुई घण्टाअगाडि वा पछाडि मात्र सेवन गर्नुपर्छ । यदि अघिल्लो दिनको औषधि छुटेको छ भने अर्को दिन दुईवटा औषधिको सेवन गर्न सकिन्छ ।

अधिकांश व्यक्तिका लागि थाइरोक्जिन हर्मोनको औषधि आजीवन खानुपर्ने औषधि हो । हार्मोन विशेषज्ञले सिफारिस गरेको अन्तरालमा नियमित थाइरोइडको परीक्षण गराइरहनु पर्छ । थाइरोइड परीक्षण गरेको दिन रगत दिएपछि मात्र थाइरोक्सिन औषधिको सेवन गर्नुपर्ने हुन्छ । प्रयोगशाला रिपोर्टमा थाइरोइड हर्मोनको मात्रा सामान्य भएपछि पनि खाइरहेको थाइरोक्जिनको मात्रा चिकित्सकको परामर्शबिना रोक्न वा घटाउनु हुँदैन ।

बिरामी भएको बेलामा समेत थाइरोक्सिन हर्मोनको औषधिको सेवन गर्न बिर्सनु हुँदैन । थाइरोक्जिनको साथै, अन्य औषधिहरू सुरू गर्नु परेमा वा खाइरहेको कुनै पनि औषधि परिवर्तन गर्नु परेमा जाँच गराएको विशेषज्ञलाई जानकारी गराउन जरुरी हुन्छ । थाइरोक्जिन हर्मोनको औषधि गर्भवती महिला तथा गर्भमा रहेको बच्चा वा सुत्केरी आमालाई सुरक्षित हुने भएकाले औषधिलाई रोक्नु हुँदैन । गर्भवती भएको पुष्टि हुनासाथ नियमित खाइरहेको थाइरोक्जिन हर्मोन औषधिको मात्रा हप्तामा दुई ट्याब्लेट थप गर्नुपर्ने हुँदा गर्भवती भएको थाहा पाउनेबित्तिकै पहिलेदेखि उपचार गराइरहेको चिकित्सकलाई (हार्मोन विशेषज्ञ) सम्पर्क गर्नुपर्ने हुन्छ ।

jackson ribon