birat ribon

विराट गोल्डकपको तयारी अन्तिम चरणमा

Neuro
विराट गोल्डकपको तयारी अन्तिम चरणमा

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा आयोजना गरिने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजकले दिएको छ ।

विराट गोल्डकप ट्रष्टको आयोजनामा प्रतियोगिता यही चैत २६ गते बिहीबारबाट सुरु हुँदैछ । विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो । राजनीतिक समस्या र २०६२÷०६३ को जनआन्दोलनपछि महेन्द्रको नामबाट हुँदै आएको प्रतियोगिता विराट गोल्डकपका नाममा हुन थालेको हो । विभिन्न विवादका कारण २०५९ सालदेखि प्रतियोगिता हुन सकेको थिएन ।

cura insider

तर, ०६७ मा ट्रष्टको साधारणसभाले नाम परिवर्तन गरी विराट गोल्डकप नामाकरण गर्दै पुनः प्रतियोगिता थालेको थियो । पछिल्लो समय विराटनगरबासीको मात्र नभएर प्रदेशकै प्रतिष्ठासँग जोडिएको यस गोल्डकप २०७५ र २०७६ सालमा भने आयोजना हुन सकेन । २०७४ सालमा अस्थायी फ्लडलाइट जडान गरेर रात्रिकालीन प्रतियोगिता गरियो ।

गत वर्ष मैदानमा स्थायी लाइटको संरचना तयार पार्ने काम भइरहेको र त्यसै समयमा कोरोना भाइरसको सङ्क्रमण फैलिएका कारण प्रतियोगिता हुन सकेन ।

विराट गोल्डकपको विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले नगद सात लाख ५१ हजार रुपैयाँ पाउनेछन् । मोफसलमा सर्वाधिक राशिको खप्तड गोल्डकपमा नगद २१ लाख रुपैयाँ पुरस्कारपछि दोस्रो धेरै नगद राशि पुरस्कार रहेको विराट गोल्डकप हो । प्रतियोगितामा विभिन्न सातवटा विधाका उत्कृष्ट खेलाडीले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए । जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ)का साथै विराटनगर महानगरपालिका ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, सङ्कटा क्लब छन् भने भारतको युनाइटेट सिक्किम, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एसोसिएसन क्यामरुम टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता आयोजनास्थल विराटनगरको सहिद रङ्गशालामा स्थायी फ्लडलाइट जडान पनि सकिएको छ । लाइटका कारण रातिको समयमा प्रतियोगिता आयोजना गर्न सजिलो हुने शाहले बताए ।

jackson ribon