birat ribon

नक्कली हवाई टिकट बेच्ने एनआरएनएका पदाधिकारी निलम्बित

Neuro
नक्कली हवाई टिकट बेच्ने एनआरएनएका पदाधिकारी निलम्बित

पोर्चुगल / पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नक्कली हवाई टिकट बेचेको आरोप लागेका सङ्घका कोषाध्यक्षलाई विक्रमजङ्ग कुँवरलाई निलम्बन गरेको छ । उनले ११ जना नेपालीले काटेको हवाई टिकट नक्कली भन्दै विमानस्थलले फर्काइदिएपछि उनीविरुद्ध एनआरएनले कारवाही गरेको हो ।

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।

cura insider

फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब ७० हजार रुपैयाँ तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आएका पीडित विजय धिमालले बताए ।

सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्र पनि जफत गरेको छ । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकाले समस्या आएको बताए । पोर्चुगलमा अवस्थित नेपाली सङ्घ सङ्गठनहरूले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन् । रासस

jackson ribon