birat ribon

सपनको ‘ट्रेन्डिङ नं १’मा पल र दुर्गेश

Neuro
सपनको ‘ट्रेन्डिङ नं १’मा पल र दुर्गेश

विराटनगर / गायक सपन श्रेष्ठको नयाँ गीत ‘हाम्रो माया ट्रेन्डिङ नं. १’ सार्वजनिक भएको छ ।

मुनाल शिशिर कोइरालाको शब्द र दीपक शर्माको सङ्गीत रहेको गीतमा गायिका गायिका स्मिता दाहालले गायनमा सपनलाई साथ दिएकी छन् । गीत कुशल सिंहले एरेन्ज गरेका हुन् ।

cura insider

गीतमा दुर्गेश थापा र पल शाहलाई फिचर्ड गरिएको छ । गीतमा मोडल सासङ्ग एमटी तथा सामाजिक अभियान्ता पुण्य गौतमलाई पनि फिचर्ड गरिएको छ ।

भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी, शिलन लम्सालको सम्पादन तथा कलर, सुरेन बसेलको कोरियोग्राफी रहेको छ । कन्सेप्ट र निर्देशन भने मुनाल शिशिर कोइरालाको रहेको यस गीतको भिडियो डी सिरिज युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

jackson ribon