birat ribon

अफगानिस्तानमा आक्रमणमा परी १७ सैनिकको मृत्यु

Neuro
अफगानिस्तानमा आक्रमणमा परी १७ सैनिकको मृत्यु

विराटनगर / अफगानिस्तानमा आक्रमणमा परी १७ सैनिकको मृत्यु भएको छ । अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ ।

मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ ।

cura insider

सेनाले आक्रमणमा अफगानी तालिवान विद्रोही लडाकूको संलग्नता रहेको दाबी गरेको छ । उक्त दिन तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विस्फोट गराउँदा कम्तीमा दुई प्रहरीको मृत्यु भएको आठ प्रहरी घाइते भएका बताइएको छ ।

jackson ribon