birat ribon

सारेगामापा लिटल चाम्सको डिजिटल अडिसन सुरु

Neuro
सारेगामापा लिटल चाम्सको डिजिटल अडिसन सुरु

विराटनगर / सारेगामापा लिटल चाम्सको डिजिटल अडिसन सुरु भएको छ । भारतको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘सारेगामापा’ यो वर्षदेखि नेपालमा पनि सुरु हुँदैछ । नेपाली सारेगामापा लिटल चाम्स भर्खर सञ्चालनमा आएको ग्यालेक्सी टेलिभिजनमा प्रसारण हुने छ ।

यो शोको पहिलो सिजनका लागि बुधबारबाट डिजिटल अडिसन सुरु गरिएको हो । सारेगामापा लिटल चाम्समा १६ वर्षभन्दा कम उमेरका सहभागीहरूले मात्र अडिसन दिन पाउने छ्न । शोको निर्णायकमा गायक न्ह्यु ब्रजाचार्य, गायिका इन्दिरा जोशी र गायक कालीप्रसाद बाँसकोटा रहने छन् ।

cura insider

कसरी सहभागी हुने ?

सर्वप्रथम सहभागीले मोबाइल एप ‘डोको’ डाउनलोड गर्नु पर्छ । डाउनलोड गरेपछि मोबाइलमा आफ्नो अनुहार प्रष्ट देखिने गरी गित गाएर डोको एपमा पठाउनु पर्नेछ । सहभागीहरुले फरक विधाका दुई गीत छुट्टाछुट्टै रेकर्ड गरी पठाउनु पर्ने हुन्छ । एउटा भिडियोको अवधि ९० सेकेन्ड वा ५०० एमबीभन्दा कम हुनु पर्नेछ ।

jackson ribon