birat ribon

‘द विचर–२’ को छायाङ्कन सकियो

Neuro
‘द विचर–२’ को छायाङ्कन सकियो

विराटनगर / ‘द विचर–२’ को छायाङ्कन सकिएको छ । शुक्रबार निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै सुटिङ सकिएको जानकारी दिएका हुन् । सिरिजको छायाङ्कन एक सय ५८ दिन लगाएर १५ विभिन्न स्थानमा गरिएको छ ।

द विचर सन् २०१९ मा आएको अमेरिकन ड्रामा सिरिज हो । सिरिजलाई अलिक सखारोभले निर्देशन गरेका हुन् । दर्शकमाझ छुट्टै लोकप्रियता बनाएको सिरिज ‘द विचर’को दोस्रो सिजनलाई यही वर्ष रिलिज गर्ने तयारी गरिएको छ । यो सिरिज ओटिटी प्लेट फर्म ‘नेटफ्लिक्स’मा रिलिज हुनेछ ।

cura insider
jackson ribon