birat ribon

रमजानको समयमा मधुमेह बिरामीमा हुने जोखिम

Neuro
रमजानको समयमा मधुमेह बिरामीमा हुने जोखिम
डा. अनिल यादव
मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ
विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर

विराटनगर / मुसलमानहरूका लागि वर्षको सबैभन्दा पवित्र महिना रमजान नेपालमा अप्रिल महिनादेखि सुरु हुन गइरहेको छ ।

रमजानको पालना इस्लामको पाँचवटा स्तम्भमध्ये एक हो । विश्वभरका मुस्लिमहरू पूरा एक महिना ब्रत (रोजा) बस्छन् । कुरानमा वर्णन गरेअनुसार रमजानको पवित्र महिनाको अवधिमा ज्यान जोखिम बनाउन सक्ने मधुमेहलगायतका अन्य दीर्घरोग भएका केही व्यक्तिबाहेक सबै स्वस्थ्य बयस्क मुस्लिमहरूले रोजा बस्नु अनिवार्य हुन्छ ।

cura insider

यस अवधिमा मधुमेहलगायत अन्य दीर्घरोगीलाई रोजा बस्न छुट दिइएको भएता पनि मधुमेह लागेका धेरै मुस्लिम पनि रोजा बस्ने गर्छन् । विश्वभरि १५ करोडभन्दा बढी मुस्लिमहरू मधुमेहका रोगी छन् । नेपाल जनगणना २०११ अनुसार नेपालमा १० लाख मुस्लिमहरू छन् । तर, मधुमेह रोग लागेका मुस्लिमहरूको जनसङ्ख्याको कुनै तथ्याङ्क छैन ।

रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण रोजा राख्नेले शरीरमा हुने मेटाबोलिजममा पनि गडबडी ल्याउँछ । त्यसैगरी, मधुमेह बिरामीमा हृदय, मृगौला र अन्य जटिलता हुने हुँदा मधुमेह रोगीहरूले रोजा बस्दा यस्ता जोखिम थप बढेर जान्छ ।

रोजा राख्दाका शारीरिक लाभ

रोजा राख्दा शरीरमा धेरै लाभ हुने गर्छ । रोजा राख्दा शरीरको वजन कम हुने, रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुने, बोसोको मात्रामा सुधार आउने, रक्तचाप नियन्त्रण हुने, प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेदेखि रोजा बस्दा शरीरभित्रको विषाक्त पदार्थ बाहिर निस्कन मद्दत पुग्छ ।

रमजानको समयमा मधुमेह बिरामीमा हुने जोखिम

रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण रोजा राख्नेले शरीरमा हुने मेटाबोलिजममा पनि गडबडी ल्याउँछ । त्यसैगरी, मधुमेह बिरामीमा हृदय, मृगौला र अन्य जटिलता हुने हुँदा मधुमेह रोगीहरूले रोजा बस्दा यस्ता जोखिम थप बढेर जान्छ ।

यसका साथै, रगतमा ग्लुकोजको अत्यधिक मात्रा कम हुने (हाइपोग्लाइसेमिया), रगतमा ग्लुकोजको अत्यधिक मात्रा बढी हुने (हाइपरग्लाइसेमिया), शरीरमा पानीको मात्रा अत्यधिक कम हुने (डिहाइड्रेसन) तथा टाइप १ मधुमेह बिरामीको रगतमा एसिड (किटोन बडी) जम्मा हुने हुन्छ । त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नका लागी मधुमेहका बिरामीले रोजा बस्ने निर्णय गर्नुभन्दा ६–८ हप्ताअगाडि चिकित्सकका साथसाथै धार्मिक सल्लाह लिनुपर्छ ।

धेरै उच्च जोखिमका मधुमेह बिरामीले रोजा राख्न मिल्दैन

अन्तर्राष्ट्रिय मधुमेह महासङ्घ, मधुमेह र रमजान अन्तर्राष्ट्रिय गठबन्धन २०१६ मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेह बिरामीहरूलाई धेरै उच्च जोखिम, उच्च जोखिम र मध्यम÷कम जोखिम गरी तीन समूहमा वर्गीकृत गरिएको छ । यसलाई इजिप्टको मोफ्टीले अनुमोदन गरेको छ । धेरै उच्च जोखिमका मधुमेह बिरामीले रोजा राख्नै मिल्दैन । उच्च जोखिमका मधुमेह बिरामीले रोजा राख्नु हुँदैन ।

त्यस्तै, मध्यम÷कम जोखिमका मधुमेह बिरामीले चिकित्सकको सल्लाहअनुसार रोजा राख्न मिल्छ । मधुमेह बिरामी तथा परिवारका सदस्यले स्वस्थ्य पोषण, नियमित व्ययाम, औषधि र मात्राको समायोजन, नियमित ग्लुकोजको जाँच, रगतमा अत्यधिक कम ग्लुकोज (हाइपोग्लाइसेमिया) हुँदा देखिने लक्षणहरू र रोजा तोड्न मिल्ने अवस्थाका बारेमा जानकारी राख्नु पर्छ ।

रमजानको समयमा भोजनको योजना

शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालरीलाई सेहरी (सूर्योदयअगाडि खाइने) र इफ्तार (सूर्यास्तपछि खाइने)को बीचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ । यस्तो बेलामा अत्यधिक फाइवरयुक्त खाना, फलफूल, तरकारी र सलादहरू प्रशस्त मात्रामा खानुपर्छ । सूर्यास्त र सूर्योदयको बीचमा प्रशस्त तरल पदार्थ पिउनु पर्छ । साथै, यस्तो बेलामा गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरल पदार्थको सेवन गर्नु हुँदैन ।

इफ्तारको समयमा नरिवल पानी÷कागती पानी (चिनी नभएको), अमिलो फलको रस एक गिलास सेवन गर्न सकिन्छ । त्यसपछि, एकदेखि दुई भाग कुनै एक गुलियो फल, एक कप भुजा÷चिउरा÷ओट्स÷नुडल्स, एक पिस प्याजी, चप, आधा कप उमालेको छोला, एकदेखि दुई पिस कबाब र इच्छाअनुसार सलादको सेवन गर्न सकिन्छ ।

बेलुकाको खानामा दुईवटा रोटी/१–१.५ कप (१२०–१८० ग्राम) भात, एक पिस माछा/मासु/अण्डा, एक कचौरा दाल र इच्छाअनुसार तरकारी, सलादको सेवन गर्न सकिन्छ । त्यस्तै, सेहरीको समयमा दुई कप (२५०–३०० ग्राम) भात, दुई पिस माछा/मासु, एक कचौरा दाल, इच्छाअनुसार तरकारी, सलाद र एक गिलास दूधको सेवन गर्नुपर्छ ।

रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन गर्नुपर्छ । औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ ।

रमजानको समयमा व्यायाम र औषधि

रोजाको समयमा कठोर व्यायाम गर्नु हुँदैन । कठोर व्यायाम गर्दा रगतमा ग्लुकोजको मात्रामा अत्यधिक कमी हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्यधिक कम हुन सक्छ । तारावीह प्रार्थनामा गरिने शारीरिक श्रमलाई दैनिक व्यायामको भागको रूपमा मान्न सकिन्छ । खाना खाएको एकदेखि दुई घण्टापछि व्यायाम गर्न सकिन्छ ।

रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन गर्नुपर्छ । औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ ।

रगतमा ग्लुकोजको मात्राको अनुगमन गर्ने समय

रोजा राख्न चाहने प्रत्येक मधुमेह बिरामीले आफ्नो रगतमा ग्लुकोजको मात्राको अनिवार्य रुपमा आफैँले अनुगमन गर्नुपर्छ । र, यसरी रगतमा ग्लुकोजको परीक्षण गर्दा रोजा धार्मिक रुपमा अवैध हुँदैन भनेर जोड दिनु पर्छ । इफ्तारको अघि, इफ्तार, रातीको खाना र सेहरीको दुई घण्टापछि र मध्य दिनमा रगतमा ग्लुकोजको मात्राको अनुगमन गर्नुपर्ने हुन्छ । तर, कम वा उच्च रगत ग्लुकोजको लक्षण छ भने वा अस्वस्थ महसुस भएमा भने कुनै पनि समय रगतमा ग्लुकोजको मात्राको जाँच गर्न सकिन्छ ।

रोजा तोड्न मिल्ने अवस्था

कुरानमा यदि कुनै बिरामी छ भने छुटेको रोजा अर्को समयमा पूरा गर्नुपर्छ भनेर स्पष्ट रूपमा उल्लेख छ । किनकि अल्लाह तपाईका लागि सहजता चाहन्छन् र तपाईलाई कठिनाइमा राख्न चाहँदैनन् । साथै, बिरामीले एक वा बहुऔषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन् जसले हाइपोग्लाइसेमिया वा हाइपरग्लाइसमिया निम्त्याउन सक्छ ।

इद–उल–फितरको समयमा अत्यधिक–खानाहरू (विशेषगरी मिठाइ)को सेवनबाट बच्नुपर्छ । किनभने यसले रगतमा ग्लुकोजको मात्रा उच्च गराई हाइएपरग्लाइसेमिया निम्त्याउन सक्छ ।

मधुमेह बिरामीले कुनै पनि शारीरिक रोगमा रोजा तोड्नु पर्ने हुन सक्छ । यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ, जुन इजिप्टको सर्वोच्च धार्मिक नियामक प्राधिकरण तथा विश्व–प्रसिद्ध इस्लामिक शैक्षिक सङ्गठन अल–अजहरको विद्वान हो । रगतमा ग्लुकोजको मात्रा ७० एमजी/डिएल वा ३.९ एममोल÷एलभन्दा कम भएमा, रगतमा ग्लुकोजको मात्रा ३०० एमजी/डिएल वा १६.७ एममोल/एलभन्दा बढी भएमा रोजा तोड्नु पर्ने हुन्छ ।

यसका साथै अस्वस्थ महसुस भएमा, पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढ्ने जस्ता रगतमा ग्लुकोजको मात्रा अत्यधिक कमी (हाइपोग्लाइसेमिया) हुँदाको लक्षण देखिएमा, अत्यधिक पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउनेलगायतका अन्य समस्या देखिएमा रोजा तोड्नु पर्ने हुन्छ । रगतबाट ग्लुकोज परीक्षण गर्दा र इन्सुलिन इन्जेक्सन लिँदा रोजा टुट्दैन ।

रमजान समाप्त भएपछि ध्यान दिनुपर्ने कुरा

इद–उल–फितरको समयमा अत्यधिक–खानाहरू (विशेषगरी मिठाइ)को सेवनबाट बच्नुपर्छ । किनभने यसले रगतमा ग्लुकोजको मात्रा उच्च गराई हाइएपरग्लाइसेमिया निम्त्याउन सक्छ । रमजानको समयमा हाइपोग्लाइसेमिया वा हाइपरग्लाइसमियाको घटनाहरू भएको थियो भने रमजानको अर्को वर्षको योजना बनाउँदा विशेष सावधानी अपनाउन ध्यान राख्नु पर्ने हुन्छ । मधुमेह रोगीले आफ्नो नियमित जाँच, औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।

jackson ribon