birat ribon

यी लक्षणहरू देखिएमा उच्च रक्तचाप भएको हुनसक्ने

Neuro
यी लक्षणहरू देखिएमा उच्च रक्तचाप भएको हुनसक्ने

विराटनगर / उच्च रक्तचापलाई हाई ब्लडप्रेसर वा हाइपरटेन्सन पनि भनिन्छ ।

cura insider

उच्च रक्तचाप, वृद्धहरूमा मात्र नभई युवा उमेर समूहका मानिसमा देखिने सबैभन्दा सामान्य रोगहरूमध्ये एक भइसकेको छ । उच्च रक्तचापले शरीरलाई भित्रभित्र असर गरी विभिन्न समस्या पैदा गर्ने हुँदा यस रोगलाई प्रायः साइलेन्ट किलरको रुपमा मानिन्छ । उपचार नगरिएको उच्च रक्तचापले हृदयघात, स्ट्रोक, प्यारालाइसिसलगायत घातक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

यसैले, घरमा आमाबुबा, अभिभावक वा वृद्ध छन् भने समय–समयमा रक्तचाप जाँच गराइरहनु धेरै महत्त्वपूर्ण हुन्छ । यी लक्षणहरू देखिएमा रक्तचाप जाँच गर्न आवश्यक हुन्छ :

– अत्यधिक टाउको दुखाइ, माइग्रेन
– रिँगटा लाग्ने, टाउको भारी हुने, दृष्टि धमिलो हुने, झुम्म महुसुस हुने
– पिसाबमा रगत देखिएमा (हेमाच्युरिया)
– नाकबाट रगत बगेमा
– सास फेर्न गाह्रो भएमा, छाती दुखेमा
– दृष्टिसम्बन्धी समस्या भएमा
– अत्यधिक थकान भएमा, सामान्य काम गर्दा वा केही नगर्दा पनि थकित भएमा
– निद्रामा समस्या, तनाव
– आँखामा रगतको थोपाजस्तो दाग देखिएमा
– अनुहार रातो भएमा वा रगत जमेकोजस्तो दाग देखिन थालेमा (फेसियल फ्लसिङ)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: