birat ribon

आगलागीमा परी छ लाखको सम्पति स्वाहा

Neuro
आगलागीमा परी छ लाखको सम्पति स्वाहा

सप्तरी / सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ६ का सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए ।

आगलागीको कारण खुल्न सकेको छैन । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब छ लाख बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

cura insider

आगो स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रमा लिएको थियो ।

यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घरअगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ । करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीय शैलेश यादवले बताए ।

jackson ribon