birat ribon

‘काँडा’ लिएर आइन् अन्जु पन्त

Neuro
‘काँडा’ लिएर आइन् अन्जु पन्त

काठमाडौँ / गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत ‘काँडा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार बिन्दुप्रसाद अधिकारीको शब्द तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीत ‘काँडा’को म्युजिक भिडियो अहिले चर्चामा छ ।

भिडियो निर्देशक हीराकाजी थापाको निर्देशन रहेको म्युजिक भिडियोलाई गौरव गिरीले कोरियोग्राफी गरेका छन् । भिडियोलाई दीपक गिरीले छायाङ्कन गरेका छन् भने सम्पादन श्याम कुँवरको रहेको छ । भिडियोमा भद्रजङ्ग कुँवर, समीक्षा बस्नेत, सङ्गम पाण्डे र आरती आलेमगरलाई फिचर्ड गरिएको छ । निर्माता समेत रहेका थापाले भिडियो निर्माण गरेका हुन् ।

cura insider
jackson ribon