birat ribon

घुमीफिरी रुम्जाटार, लोकतन्त्रको हार

Neuro
घुमीफिरी रुम्जाटार, लोकतन्त्रको हार

कन्टिर–बाबू लोकतन्त्रका अब्बल दर्जाका पक्षपाती हुन्, यसमा बालकैदेखि कुनै शङ्का छैन । लोकतन्त्रका सार्वकालिक गुणका उनी सदाबहार प्रशंसक हुन् ।

यति हुँदाहुँदै पनि सत्ताका लागि टाउको गन्ने प्रवृत्ति भने त्यति ठीक होइन कि भन्ने कन्टिर–बाबुलाई लाग्छ । तर यसको उपयुक्त विकल्प खोज्न नसकिएको बारेमा पनि उनी लामो समयदेखि जानकार छन् ।

cura insider

पछिल्लो दिनमा नेपालको राजनीतिक जेरी यही प्रवृत्तिका कारण जेलिएको छ भन्दा अस्वाभाविक हुँदैन । यही टाउको गन्ने संसदीय खेलका कारण ओल्बा फुकेको साँढे बन्न खोजेको कन्टिर–बाबूको ठहर छ ।

यी ओल्बा बाबैका संसदीय फुक्काफाल किस्सा बडो गजब–गजबका छन् । सुरुमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने गाइगुइँ चलेपछि यिनले प्रधानमनत्रीको अधिकार भन्दै असंवैधानिक तरिकाले संसद् भङ्ग गरे । त्यसपछि यदि संसद् पुनःस्थापना भयो भने भन्दै आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने धम्की दिएको कन्टिर–बाबूलाई थाहा छ ।

अहिले सर्वाेच्चबाट संसद् पुनःस्थापना भएपछि उनीविरुद्ध फेरि अविश्वासको प्रस्ताव ल्याउने कुरा हुँदै छ । यस्तो पृष्ठभूमिमा ओल्बा त फेरि दुनियाँलाई थर्काउन उद्यत भएको देखेर कन्टिर–बाबू विस्मित भएका छन् ।

बुझ्दै जाँदा सत्ताबाहिर रहेका दलमध्ये अन्तिममा कदम चाल्नेले प्रधानमन्त्री दिने हो भने गठबन्धनमा आउने, नत्र किन आउने भनेर दाउ हेरेर बसेका हुन् भन्ने जनताले बुझिसके ।

ओल्बा उवाच : काङ्ग्रेस वा कसैले अविश्वासको प्रस्ताव ल्याए संसद् विघटन गर्ने रे अनि माओवादीले समर्थन फिर्ता लिए भने चाहिँ राजीनामा दिने रे ! दुवै अवस्थामा ओल्बाकै जित ।

पछिल्लो पटक लोकतन्त्र र संसदको वर्तमान अवस्थाका बारेमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष कमल रिजालले भनेका कुरासँग कन्टिर–बाबू सहमत छन् । रिजालका अनुसार संसदको ‘नंम्बर गेम’ पनि ‘पहिले तपाई, पहिले तपाई’मै अड्किने हो कि क्या हो ? गज्जब छ बा ।

लोकतन्त्रमा यस्तो त नहुनुपर्ने ? कुरो त फेरि पनि को प्रधानमन्त्री बन्ने र कसको सरकार बनाउने कुरा नै प्रमुख देखियो नि । घुमीफिरी रुम्जाटार । जनता जाए भाड में … !

बुझ्दै जाँदा सत्ताबाहिर रहेका दलमध्ये अन्तिममा कदम चाल्नेले प्रधानमन्त्री दिने हो भने गठबन्धनमा आउने, नत्र किन आउने भनेर दाउ हेरेर बसेका हुन् भन्ने जनताले बुझिसके ।

हार्ने सधैँ लोकतन्त्रमात्र है, कन्टिर–बाबू चिन्तित मुद्रामा चश्माको डाँडी मिलाउँदै साचिरहेका छन् ।

jackson ribon