birat ribon

सुनसरीको खनारस्थित एक उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

Neuro
सुनसरीको खनारस्थित एक उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर / सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा रहेको एउटा उद्योगमा आज (सोमबार) बिहानैबाट भीषण आगलागी भइरहेको छ ।

तिरुपति प्लाई उद्योगमा आगलागी भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रणका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका छन् । विभिन्न स्थानका दमकल पनि घटनास्थलमा आएर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

cura insider

तर नियन्त्रणमा आउन नसक्दा उद्योगमा आगो दनदनि दन्किइरहेको छ । आगोले उद्योग सञ्चालन गरिएको संरचनासहित उद्योगमा रहेका कच्चा पदार्थ, तयारी सामान र कागजपत्र जलेका छन् । लाखौँ रुपैयाँको क्षति पुगिसकेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीको कारण थाहा हुन नसकेको जानकारी दिए । आगो नियन्त्रणको प्रयास जारी रहे पनि सम्भव हुन नसकेको उनको भनाइ छ । एसपी थापाले प्लाई उद्योगमा थोपरिएका काठ लगायतका कच्चा पदार्थमा आगो दन्किने क्रम जारी रहेका कारण नियन्त्रणको प्रयास सफल हुन नसकिरहेको जानकारी दिए । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

jackson ribon