birat ribon

लिभरपुलको नयाँ ‘हतियार’, जसले रियल मड्रिडलाई जित्न सक्छ

Neuro
लिभरपुलको नयाँ ‘हतियार’, जसले रियल मड्रिडलाई जित्न सक्छ

विराटनगर / स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा युरोपको बलियो टोलीमध्ये एक लिभरपुलको सामना गर्दैछ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियलले इङ्ग्लिस च्याम्पियन क्लब लिभरपुलसँग खेल्न लागेको हो ।

प्रियिमर लिग च्याम्पियन लिभरपुलले यस सिजन खासै प्रभावकारी प्रदर्शन देखाएको छैन । तर, २०१८ को च्याम्पियन्स लिगको उपाधि भिडन्तमा भोगेको पराजयको बदला लिन लिभरपुल आतुर छ । किभमा भएको फाइनल खेलमा रियलले लिभरपुलमाथि ३–१ गोलको जित निकाल्दै उपाधि हात पारेको थियो ।

cura insider

जर्गेन क्लोप नेतृत्वको लिभरपुल विश्वकै सतर्क तबरले फुटबल खेल्ने एक टोली मानिन्छ । विपक्षीविरुद्ध लिभरपुलले कति धेरै सतर्कका साथ खेल्ने भन्ने कुरा तथ्याङ्कले सावित गर्छ । लिभरपुलले हालै नयाँ खेल्ने शैली प्रयोगमा ल्याएको छ, जसलाई ‘स्टाट्सबम्ब ३६०’ भनिन्छ । उक्त शैलीले फुटबल विश्लेषणको दुनियाँमा क्रान्ति ल्याएको छ ।

स्टाट्सबम्ब एक बल पाससँग सम्बन्धित एक शैली भएको पाब्लो पेना बताउँछन् । यो शैलीले विपक्षीमाथि दबाब सिर्जना गर्न बल पास गर्दै विपक्षी टोलीको पोस्टतर्फ लैजाने कुरालाई जोड दिने उनको भनाइ छ ।

यसमा सबैभन्दा धेरै पास मिलाउने, लाइनमै बसेर आएको बल नियन्त्रणमा लिने ? विपक्षीको पासलाई भङ्ग गरी आफ्नो पकडमा बल राखेर अगाडि पठाउने डफेन्डर र रक्षात्मक खेल्न सक्ने खेलाडीलगायत कुराबाट खेलाडीको छनोट हुन्छ ।

यही शैली लिभरपुलले शनिबार राति आर्सनलविरुद्ध अपनाएको बताइन्छ । जहाँ उसले ३–० गोलको सहज जित दर्ता गरेको थियो । अब यही शैली रियलविरुद्ध प्रयोग गरेको खण्डमा उसले जित निकाल्न सक्ने आँकलन गरिएको छ ।

jackson ribon